Logo

युगाण्डा र भारतका तीन लागुऔषध कारोवारी महिलाहरु पक्राउ, ८ करोडको कोकिन बरामद



काठमाडौं, ३ जेठ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले अवैद्य लागु औषध कोनिसहति अन्तर्राष्ट्रिय कारोबारी महिलाहरु पक्राउ गरेको छ । प्रहरीले २ केजी ६५४ ग्रामसहित तीन जना महिलाहरु पक्राउ गरेको हो । उनीहरलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो । विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशीहरुको ब्यूरोले निरन्तर निगरानी गरेको थियो ।

सो क्रममा अवैद्य लागु औषध कोकिनको कारोबारमा संलग्न युगाण्डाका नागरिक केभिना मुगालालाई गत बैशाख ३० गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो । उनको खानतलासी गर्दा निजको पेटभित्र निलेको अवस्थामा केही रहेको हुनसक्ने शंका लागेर प्रहरीले स्वास्थ्य परीक्षण गर्दा सेतो प्लास्टिकले र्यापिङ गरेर ९० वटा कोकिनको क्याप्सुलहरु भेटिएको थियो । ती कोकिनका क्याप्सुल तौल गर्दा १ केजी २६० ग्राम भएको पनि प्रहरीले जनाएको छ ।

यस्तै, यही जेठ २ गते काठमाडौंको धोविचौर (ठमेल) बाट युगाण्डाकै नागरिक लिलियन सुसन वान्नेजी फउा परेकी छिन् । उनको सुटकेशभित्र स्निकर चकलेटमा लुकाई छिपाई राखिएको ६३ वटा प्लास्टिकको र्यापिङ गरिएका कोकिनका क्याप्सुल भेटिएको थियो । ती क्याप्सुल तौल गर्दा १ केजी ३९४ ग्राम भएको प्रहरीको भनाई छ ।

यस्तै, यही जेठ २ गते भारतीय नागरिक वर्ष ३३ की देवाजानी पलसमेत पक्राउ परेकी छिन् । उनी भने लागुऔषध लिन आएकी थिईन् । यी बरामद लागु औषधको मूल्य ७ करोड ९३ लाख हुन आउनेपनि प्रहरीले जनाएको छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्