Logo

कांग्रेसले सदनमा दादागिरी मच्चायो, भोलिबाट यो हामीलाई सह्य हुँदैन् : महेश बर्तौला (भिडिओसहित)



काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको भन्दै निन्दा गरेका छन् । उनले कांग्रेसले संसदमा् देखाएको चरित्र अलोकतान्त्रिक मात्रै नभएर दादागिरी शैलीको भएको भन्दै त्यसको निन्दा गरे ।

प्रतिनिधिसभाको बैठकलगत्तै मिडियासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो टिप्पणी गरेका ह्ुन् । उनले भने,‘आज ११ बजेको लागि संसद् बैठक बोलाईएको थियो । प्रमुख प्रतिपक्षीको मागबमोजिम ४ बजेको लागि सारिएको थियो । ४ बजे बोलाएको बैठक ६ बजे सुरु भयो । लामो समयदेखि कांग्रेसले हाउसलाई बन्धक बनायो । कांग्रेसले आफ्नो विषय राख्ने क्रममा तर कांग्रेसले हौसिएर, माँत्तिएर कांग्रेसले सरकारको रो’मा आएर, कांग्रेसका सिनियर पदाधिकारी माननीयजीले उपसभामुखको चेयरमा आएर बस्ने काम गर्नुभयो, यसप्रकारको असंसदीय अनि अमर्यादित काम गर्नुभयो, हाम्रो दलको नेतामाथि अमर्यादित व्यवहार भयो । यसको म घोर भन्र्सना गर्दछु । कांग्रेसबाट अलोकतान्त्रिक र गैरसंसदीय प्रदर्शन गर्यो । नेपाली कांग्रेसले सदनलाई मुठभेडको ठाउँमा लदैजाने अनि दादागिरी मच्चाउने काम गरेको छ । म एमालेको तर्फबाट घोर भत्र्सना गर्दछु ।’ file photo



प्रतिक्रिया दिनुहोस्