Logo

सरकार सहकारी ठगहरुलाई बचाउन लाग्यो, संसदीय छानबिन समिति पहिलो शर्त हो : रमेश लेखक



काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति अनिवार्य भैसकेको बताएका छन् ।

उनले अहिलेको सरकार नेपाली जनताले सहकारीमा राखेको बचत हिनामिना भएको कुरामा छानबिन गर्नुको सट्टा ठगीमा लागेका मान्छेलाई बचाउन लागेको आरोप लगाए ।

आज विहान बसेको संसदीय दलको बैठकपछि मिडियासँग कुरा गर्दै नेता लेखकले हिजोको संसद् बैठकलाई आफूहरुले गम्भीर रुपमा लिएको बताए । उनले सभामुख देवराज घिमिरेको भूमिकाको पनि आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्