Logo

कांग्रेस सांसद बद्री पाण्डेले किन दिए गृहमन्त्री लामिछानेलाई संसदबाट गलहत्याएर निकाल्ने चेतावनी (भिडिओसहित)



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा लगाएका आरोपहरु प्रमाणित नगरे संसद्बाट गलहत्याएर निकाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,‘यो सम्मानित सदनमा उभिएर गृहमन्त्रीले राष्ट्रिय सूचना बेच्ने एजेन्टहरु यही सदनमा छन् भनेर गम्भीर आरोप लगाउनुभएको छ । माननीय गृहमन्त्रीज्यू, को हो त्यो एजेन्ट ? त्यसलाई यो सदनबाट गलहत्याउँ, हामी साथ दिन तयार छौं । होइन, तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई यो सदनबाट गलहत्याउन कामबाट पनि हामी चुक्ने छैनौं ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्