Logo

हामी कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँ : श्रीलङ्काका विदेशमन्त्री साब्री



कोलम्बो (श्रीलङ्का), ८ जेठ । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले सोमबार भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई पुष्टि गर्दै एक जिम्मेवार छिमेकीको रूपमा कोलम्बोले कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न नदिने बताएका छन् ।

“हामीले स्पष्ट रूपमा भनेका छौँ कि हामी सबै देशसँग सहकार्य गर्न चाहन्छौँ तर भारतीय सुरक्षासम्बन्धी कुनै पनि चिन्तालाई उचित ध्यानमा राखिनेछ र कसैलाई पनि हानी गर्न दिनेछैनौँ“, मन्त्री साब्रीले भने । “मलाई भर्खरै थाहा भयो कि चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ त्यसैगरी हामी पनि सबैसँग काम गर्न चाहन्छौँ । म दोहोर्‍याउन चाहन्छु, एक जिम्मेवार छिमेकी र सभ्यताको साझेदारका रूपमा हामी भारतको वैध सुरक्षालाई हानी पुर्याउने कुनै पनि काम गर्दैनौँ”, उनले बताए ।

भारतमा चलिरहेको निर्वाचनको बारेमा सोधिएको प्रश्नमा मन्त्रीले यो अभ्यास लोकतन्त्रको उत्सव रहेको र श्रीलङ्काले चुनावको नतिजा जस्तोसुकै भए पनि भारतसँग मिलेर सहकार्य गर्ने बताए । “यो लोकतन्त्रको उत्सव हो, विश्वको सबैभन्दा ठुलो लोकतन्त्र । भारतीय जनता शिक्षित छन् । मलाई लाग्छ चुनाव आन्तरिक कुरा हो । यो जनताले निर्णय गर्नुपर्छ । हामी यसको शान्तिपूर्ण निष्कर्ष चाहन्छौँ र भारतीय जनताको निर्णयलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौँ”, उनले भने ।

गत वर्ष भारतले श्रीलङ्काको बन्दरगाहमा जहाजको डकिङमा आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको थियो ।

“हाम्रो छिमेकीमा के हुन्छ, हाम्रो सुरक्षामा असर पार्ने कुनै पनि घटनाक्रम हाम्रो लागि चासोको विषय हो”, जयशंकरले नवौँ भारत–थाइल्यान्ड संयुक्त आयोगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भने रासस



प्रतिक्रिया दिनुहोस्