Logo

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौं, जेठ १३ । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासहित स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण अभियानबारे पनि छलफल हुने जनाइएको छ । बैठकले केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेश हुने कार्यपत्र र प्रतिवेदन समेत पारित गर्नेछ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भास्कर भद्रा र राजाराम बर्तौलाले सचिवालय र संगठन सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्। यस्तै कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेश गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्