Logo

राससकर्मी अधिकारीलाई ‘राष्ट्रिय सेवा सम्मान’



काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसका अवसरमा राससकर्मी पत्रकार सिवी अधिकारी सम्मानित भएका छन् । अधिकारीलाई पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा सक्रिय भूमिका निर्वाह गरेकामा चन्द्रलोक प्रतिष्ठानले सम्मान गरेको हो ।

प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबिच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पत्रकार अधिकारीलाई ‘राष्ट्रिय सेवा सम्मान’ प्रदान गरेका हुन्। करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी विगत १४ वर्षदेखि राससमा कार्यरत रहेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।



प्रतिक्रिया दिनुहोस्