Logo

मध्यावधि निर्वाचन भए डराउँदैनौं, माओवादी पार्टी फुट्ने खिचडी पाक्दैछ : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मध्यावधि निर्वाचन भए आफ्नो दलले फेस गर्ने बताएका छन् । सगरमाथा टिभीबाट आज विहान प्रसारण भएको एसटिभी च्याटमा पत्रकार सुनिल दाहालसँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् ।

यद्धपी उनले आफूहरुले मध्यावधि चुनाव नचाहेको स्पष्ट पारे । उनले भने,‘हामीलाई त चाहिएको छैन् यो मध्यावधि निर्वाचन । तर, मध्यावधि भयो भने हामी डराउँदैनौं । फेस गर्छौं । मुलुकलाई चाहिएको छैन् । जो सबैभन्दा बढि महत्वकांक्षी छ, उसैलाई चाहिएको मध्यावधि ।’ उनले मध्यावधि निर्वाचनको हल्लामात्रै भएको पनि दाबी गरे ।

नले नेपाल हल्लाहल्लामा नै चल्ने देश भएको टिप्पणी गरे । यादवले अब फुट्ने पालो प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल नेकपा (माओवादी केन्द्र) भएको दाबी गरे । उनले भने,‘माओवादी फुट्ने खिचडी भित्रभित्र पाक्दैछ । भित्रभित्र उकुसमुकुस भएर पाक्दैछ ।’



प्रतिक्रिया दिनुहोस्