Logo

कान्तिपुर मिडियाका मालिक सिरोहिया हाजिरी जमानीमा छुटे



काठमाडौं, १६ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले उनलाई आज हाजिरी जमानीमा छोडेको हो ।

स्वास्थ्यमा गम्भीर समस्इा देखिएपछि सिरोहियालाई हिजोमात्रै थप उपचारको लागि काठमाडौं ल्याईएको थियो । सिरोहिया ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको थियो । प्रहरीले अहिले उनका जेठा छोरा सम्भव सिरोहियाको रोहबरमा उनलाई हाजिरी जमानी (आवश्यक परेको बेलामा उपस्थिति) हुनेगरि रिहा गरेको हो । file photo



प्रतिक्रिया दिनुहोस्