Logo

टि-२० विश्वकपको अभ्यास खेलमा नेपालले आज अमेरिका विरुद्ध खेल्दै



आइसिसी टि-२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिएको थियो ।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ ।

नेपालले समुह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार कै ३ गते बंगलादेश विरुद्ध समुह चरणको अन्तिम खेल खेल्ने तालिका छ ।



प्रतिक्रिया दिनुहोस्