Logo

अव घरमै बसी बसी वर्ल्ड कप हेर्न मिल्ने, एलजीले ल्यायो उपहार सहितको‘खेल्छ नेपाल घर घरमा’ योजना



काठमाडौं, जेठ १७ । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नेपाली क्रीकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी बसी हेर्न ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गले एलजी टि.भी बाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन्।

योजना अनुसार कुनै पनि एलजी टि.भीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र एक १ लाख रुपैयाँको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध हुनेछ। साथै एलजी ओलेड टि.भी वा ८६ इन्चको टि.भी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि.भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन। एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि.भीमा ३ बर्षको फुल वारेन्टी रहेको छ। र कुनै पनि एलजी टि।भी को खरिदमा एक १ लाख रुपैयाँको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकबर्गले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । यसका साथसाथै शुन्य ५ प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सबाट यो योजना आजैदेखी लागू गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्