Logo

मड्रिडले जित्यो १५ औं पटक च्याम्पियन्स लिगको उपाधि



काठमाडौं, जेठ २० । रियल मड्रिडले युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिवार राति भएको फाइनल खेलमा जर्मन क्लब बुरुसिया डर्टमण्डमाथि २–० को जित निकाल्दै रियल मड्रिडले युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको हो । योसंगै मड्रिडले क्रीतिमानी १५ औं पल्ट च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

मड्रिड युरोपेली शीर्ष प्रतियोगिताको सर्वाधिक सफल क्लब समेत हो । इंग्ल्याण्डको लण्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेलमा मड्रिडलाई उपाधि दिलाउन ड्यानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७४ औं मिनेटमा टोनी क्रुसको पासमा कार्भाजलले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ८३ औं मिनेटमा जुधे बेलिङघमको असिस्टमा भिनिसियस जुनियरले गोल थप्दा मड्रिड २–० ले विजयी भयो ।

यता, सन् २०१२–१३ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेल खेलिरहेको जर्मन क्लब भने फेरी एकपल्ट उपविजेता मै सिमित बन्यो ।



प्रतिक्रिया दिनुहोस्