Logo

जय नेपाल भन्दै नेपाली क्रिकेट टिमलाई चिनियाँ राजदूतले दिए जितको शुभकामना



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न लागेको नेपाली टिमलाई चिनियाँ राजदूत चेन  सोङले शुभकामना दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले जितको शुभकामना दिएका हुन् ।

भिडियोमा राजदूतले भनेका छन्, ‘आगामी आइसीसी पुरुष टी–२० विश्वकपमा विशाल सफलता हसिल गर्न हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।’

नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । टी–२० विश्वकपमा नेपालले दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्