Logo

चौधरी फाउन्डेसनद्वारा आयोजित ४८ दिने विद्युतीय उपकरण मर्मत तालिम सम्पन्न



काठमाडौं, २२ जेठ । चौधरी फाउन्डेसनद्वारा आयोजित ४८ दिने एसी र रेफ्रिजेरेटर (विद्युतीय उपकरण) मर्मत तालिम सम्पन्न भएको छ । ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्न तालिमको आयोजना गरिएको चौधरी ग्रुपले बताएको छ । तालिम काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सञ्चालन भएको थियो ।

आज (मंगलबार) एक समारोहबीच तालिममा सहभागीहरुलाई चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसनले तालिमको आयोजना गरेको बताए । उनले चौधरी फाउन्डेसनले यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेको बताए ।

चन्द्रगिरी नगरपालिकाका मेयर गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताए । उनले यस्ता प्रकारका तालिमहरुले युवाहरुलाई देशमै केही गर्नका लागि प्रोत्सहान प्रदान गर्ने विश्वास व्यक्त गरे ।

चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा तालिम सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्