Logo

वातावरण जोगाउन सबै गम्भीर हुनुपर्छ : पूर्वमन्त्री महतो



काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टीका कोषाध्यक्ष तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वातावरण जोगाउनु सबैको दायित्व हुने भन्दै त्यसतर्फ गम्भीर भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा आज (मंगलबार) काठमाडौंमा आयोजित इनभाइरोमेन्ट ओलम्पियाड-२०२० नामक पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विश्व नै अहिले जलवायु परिवर्तनको समस्याको मारमा परेकोले नेपालले झनै पूर्वतयारीका साथ काम गर्नुपर्नेमा उनको जोड थियो ।

उनले आफू वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा छोटो समय रहँदा जलवायु परिवर्तनको क्षेत्रमा देशहितमा थुप्रै काम गरेको र कोप २८ मा पनि त्यहीअनुसारको उपलब्धि हाँसिल भएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्