पेरिस, फ्रान्स, २५ जेठ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।
रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय पछि फ्रान्सेली संसद्लाई सम्बोधन गर्दै बताएका हुन् ।
पहिलेदेखि भइआएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा हुने यस्तो सहयोग निष्पक्ष शान्तिका लागि अझ धेरै आवाश्यक रहेको उनले बताए ।
दोस्रो विश्वयुद्धको ‘डी डे’ अवतरणको ८० वर्षपछि युरोप दुर्भाग्यवश शान्तिको महाद्वीप नभएको उनले बताए । उत्तरी फ्रान्सको नरम्यान्डीको तटमा एलाईड सैनिकहरु उत्रिएको ऐतिहासिक दिनलाई ‘डी डे’ भनिन्छ ।
युरोपको सुरक्षाको कुञ्जी युक्रेनमा भएको बताउँदै उहाँले वर्तमान नियन्त्रण रेखामा शान्ति स्थापना हुन नसक्ने उनले उल्लेख गरे ।
एसिया र अफ्रिकामा निरन्तर नयाँ क्षेत्र खोजिरहेको रूस औपनिवेशिक साम्राज्य नभई युक्रेनमाथि नियन्त्रण बिना एउटा सामान्य राष्ट हुनुपर्ने उनको धारणा थियो । रासस