काठमाडौं, २६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजोबाट प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु गरेका छन् । उनको शपथग्रहण समारोह भने भोलि (आइतबार) हुनेछ ।
सो समारोहमा भाग लिन नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालपनि जाने भएका छन् । प्रधानमन्त्री दाहालको टोलीमा पाँच जना भारत जाने तय भएको छ ।
उनको टोलीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी हुनेछन् । यस्तै, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल विष्णु प्रसाद गौतम टोलीमा समावेश छन् ।