काठमाडौं, २८ जेठ । त्रिभुवन ईन्टरेनश्नल एयरपोर्टमा विमान दुर्घटना उद्धारको पूर्वअभ्यास गरिएको छ । सो क्रममा खप्तड एयरको विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो । पूर्वअभ्यासको लागि आज (सोमबार) दिउँसो आधा घण्टा विमानस्थल बन्द गराईएको थियो ।
यो पूर्वअभ्यास विमानस्थल संकटकालीन योजनाको अभ्यास हो । विमान दुर्घटना हुँदा, विमानमा आगो लाग्दा के कसरी प्रतिकार्य गर्ने, घाइतेको उद्धारलगायतको विषयमा अभ्यास गरिएको हो ।
रनवेमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना हुँदा गरिने उद्धार अभ्यासमा प्रहरी, सेना, दमकल, एम्बुलेन्स, कर्मचारी र एटीसीलगायतका कर्मचारीहरु सहभागी थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम