काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धमिलो पानीमा माछा मार्ने प्रयन्त गर्दैआएको टिप्पणी गरेका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उपेन्द्रले पेश गरेको राजनीतिक प्रतिवेदनमा राप्रपाले कांग्रेस–कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दैआएको उल्लेख छ ।
‘मह󠄍ेन्द्रीय राष्ट्रवादको पैरवी गर्ने राप्रपा धारले बेला–बेलामा कांग्रेस–कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ,’– उनले भने ।
साथै, राप्रपाले राजतन्त्र फर्किने हल्ला गरेपनि नेपाली जनताको लामो सङ्घर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएकाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।
राप्रपाले छर्ने आवश्यक भ्रमलाई चिर्न जसपा नेपाल निरन्तर चनाखो रहनुपर्ने उनको निश्कर्ष छ । उनले राप्रपा पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता, पञ्चहरूको राजनीतिक रक्षा कवचका रूपमा उदय भएको पार्टीको रुपमा चित्रण गरेका छन् । राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको उनको आरोप छ ।