Logo

हावाहुरीबाट प्रभावित बारा र पर्साका जनतालाई तत्काल राहतको व्यवस्था गर्न प्रभु साहको माग (भिडिओसहित)



काठमाडौं, २९ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले यही जेठ २५ गते आएको हावाहुरीको कारण बारा, पर्सालगायत मधेशका कतिपय जिल्लामा ठूलो क्षति पुर्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद साहले हावाहुरीको कारण क्षति भएका किसानलाई सरकारले राहतको कुनै बन्दोबस्तो नगरेको टिप्पणी गरे ।

उनले भने,‘भीषण हावाहुरीले बारा, पर्सामा ठूलो क्षति पुर्याएको छ । मध्यरातमा आएको त्यो आँधी तुफानले कयौं घरका छानो उडाएको स्थिति छ । त्यहाँको अवस्था तहसनहस भएको स्थिति छ । दर्जनौं मान्छेहरु घाईते भएका छन् । किसानहरुको तयार भएका फलफूलहरु खासगरी आँप र लिच्चीका रुखहरु ढलेका छन् । अहिले किसानहरु पूरै मर्कामा छन् । सरकारबाट राहतको कुनै चाँजोपाँजो हामीले सुनेका छैनौं ।’

सांसद साहले हावाहुरीको कारण भत्किएका घरहरुको पूननिर्माण होस भनेर सरकारसमक्ष माग गरे । यस्तै, किसानलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्