काठमाडौं, ३० जेठ । सांसद डा. अमरेशकुमार सिंहले नेपालको सिमानाको रक्षा नेपलाी सेनालाई जिम्मा दिनुपर्ने बताएक छन् । देशको सुरक्षा संवेदनशिलतालाई ध्यानमा दिएर सिमाको रक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने सांसद सिंहको माग छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको मन्त्रालयलगत छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो बताएका हुन् । उनले सिमा क्षेत्रको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीले त कमाउ धन्दा गरेको गम्भीर आरोप लगाए ।
उनले सहरी विकास मन्त्रालयको काम सडक बनाउने नभएको पनि टिप्पणी गरे । मन्त्रीहरुले नै बजेट बाँड्ने काम गर्नु भनेको संसदीय परम्पराको विपरित काम भएको उनको टिप्पणी छ ।
उनले नेपालमा झोला बुझाउनेहरुमात्रै मन्त्री बन्ने गरेको आरोप लगाए । उनले इमानदार मन्त्रीहरुको पनि देशमा काम नभएको टिप्पणी गरे ।