Logo

प्रभु साहको प्रश्न : सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ? (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ? ।’ उनले सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् भनेर प्रश्न गरे । उनले भने,‘सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् ? अनि सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन् ?’

सो क्रममा उनले जनतालाई सुलभ स्वास्थ्य सेवाको व्यवस्था गरिनुपर्ने कुरा उठाए । राज्यको लगानीमा चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरु विदेश पलायनमा लागेको र भएका चिकित्सिकहरुपनि ८० प्रतिशतभन्दा बढि शहरकेन्द्रित भएको उनको टिप्पणी छ । प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न अस्पताल खोल्ने भनिएपनि अहिलेसम्म त्यो कार्यान्वयन नभएकोमा साहको गुनासो थियो ।



प्रतिक्रिया दिनुहोस्