Logo

बीआरआई ऋणमा लिनुहुँदैन् : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरु सबैखाले अन्तर्राष्ट्रिय सहयोगको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी सबैखाले अन्तर्राष्ट्रिय सहयोगको पक्षमा छौं । तर, हाम्रो आधारभूत मान्यता छ । हामी कुनैपनि मित्रराष्ट्र, कुनैपनि छिमेकी मुलुकसँग ऋण लिँदैनौं । यदि त्यो सहयोग वा अनुदान हुन्छ भने हामी सहयोग लिन्छौं । अनुदानको रुपमा लिन्छौं । ऋणको रुपमा लिँदैनौं ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता लेखकले चिनियाँ परियोजना बीआरआईपनि नेपालले अनुदानको रुपमा मात्रै लिने तर ऋणको रुपमा नलिने स्पष्ट पारे । उनले भने,‘हामी ऋण लिदैनौं । अनुदान लिन्छौं ।’

फरक प्रसंगमा उनले आफ्नो दलको संसदीय दलको नेता परिवर्तन नहुने दाबी गरे । उनले अहिले कांग्रेसमा दलको नेता परिवर्तन गर्ने काममा कोही नेतापनि नलागेको जिकिर गरे । उनले तत्काल नेता परिवर्तन नहुने दाबी गरे । उनले पार्टीको १५औं महाधिवेशन विधान र संविधानले तोकेको मिमितमा नै हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्