Logo

संसद् सचिवालयका कर्मचारीको मागबारे छलफल जारी



काठमाडौं, असार ६ । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल भइरहेको छ । सभामुख निवासमा जारी छलफलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल जारी रहेको हो ।

कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरेका थिए । संसद्का कर्मचारीहरू भत्ता माग गर्दै दुई दिनदेखि आन्दोलित उत्रिएपछि पछिल्लो दुई दिनको बैठक पनि समयमा बस्न सकेको छैन ।

महत्त्वपूर्ण छलफल भइरहेकाबेला कर्मचारीको आन्दोलनले बुधबारको संसद स्थगित भएको थियो । । बुधबार संसद्को लाइभमा सांसदहरूलाई नदेखाएपछि मन्त्रीहरूको जवाफ नै प्रभावित भएको थियो । आगामी आवको बजेट, विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा सदनमा छलफल भइरहँदा कर्मचारीहरूले कालोपट्टी बाँध्ने, संसद् भवनपरिसरमा धर्नालगायत कार्यक्रम गरिरहेका छन् । आज पनि संसदमा प्रधानमन्त्री र सांसदको प्रश्नोत्तरको कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्