Logo

इन्जिनियरिङ्ग लाईसेन्स परीक्षाको सूचना प्रति नेविसंघको विरोध



काठमाडौं, असार ६ । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय कार्यसमितिले इन्जिनियरिङ्ग लाईसेन्स परीक्षाको सूचना प्रति विरोध जनाएको छ । नेविसंघले एक विज्ञप्ति जारी गर्दै देशकै द्रोस्रो ठुलो विश्वविधालय पोखरा विश्वविधालयले भर्खरै मात्र परीक्षाको नतिजा प्रकाशन गरेको अवस्थामा २०८१।०३।०७ सम्मका लागि तोकिएको परीक्षाको सुचना भर्खर उत्तीर्ण विद्यार्थीहरुलाई लाईसेन्स आवेदनका लागि परीक्षा तयारी समय अपर्याप्त हुने जनाउादै सयैं विद्यार्थीहरु नयाँ ईन्जिनियर लाईसेन्स परीक्षा दिन बाट बञ्चित हुने हुँदा तत्काल परीक्षा फर्म भर्नका लागि म्याद थप गर्नुपर्नेमा माग राखेको छ ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले सबै विश्वविद्यालयले अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित गरिसकेको यकिन नगरी लाईसेन्स आवेदन खोल्ने परिषद् र परीक्षाफल प्रकाशन गर्ने समयको जानकारी परिषद्लाई नदिई उचित समन्वय नगर्ने विश्वविद्यालयल दुबै आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिएको स्पष्ट रहेको र दुवै निकायको गैरजिम्मेवार कार्यको चपेटामा भर्खरै स्नातकको पढाई सकेका विद्यार्थीको भविष्य अल्मलिएको बताए ।

नेविसंघले पोखरा विश्वविद्यालय र नेपाल ईन्जिनियरिङ् काउन्सिल दुवै निकायको गैरजिम्मेवारपूर्ण कार्यले सम्पूर्ण विद्यार्थीहरुको भविष्य नै अलमलमा परेको र विद्यार्थीहरुलाई अनावश्यक दबाव र तनाव समेत सिर्जना गरेको नेविसंघले जनाएको छ । तसर्थः आवेदन दिने म्याद थप गरि अन्यौलमा रहेका विद्यार्थीलाई आफ्नो हकहित बमोजिम परीक्षामा सामेल गराउने वातावरण सिर्जना गर्न सम्पूर्ण सम्बद्ध निकाय समक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले जोडदार माग प्रस्तुत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्