Logo

जर्मनी यूरो कपको अन्तिम १६ मा प्रवेश



काठमाडौं, असार ६ । जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह एको खेलमा हङ्गेरीलाई २–० ले पराजित गर्दै जर्मनी अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको २२ औँ मिनेटमा जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको दोस्रो हाफमा गुन्डोगानले थप एक गोल गरेपछि जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

गएरातिनै भएको समूह ए कै अर्को खेलमा स्कटल्याण्ड र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् । २ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको स्वीटजरल्याण्डको २ खेलबाट ४ अङ्क छ ।



प्रतिक्रिया दिनुहोस्