Logo

वेस्ट इन्डिजमाथि इङ्गल्यान्डको शानदार जित



काठमाडौं,६ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जारी विश्वकपमा सुपर–८ चरणको खेलमा इङ्गल्यान्डको यो पहिलो जित हो ।

जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लेको छ। दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। अंक विहीन अमेरिका तेस्रो र वेस्ट इन्डिज चौथो स्थानमा छन्।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७।३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

तेस्रो विकेटका लागि साल्ट र विस्ट्रोले ९७ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले आयोवक वेस्ट इन्डिजलाई स्तब्ध पारेको हो। साल्ट ८७ र विस्ट्रो ४८ रनमा अविजित रहे।

अर्का ओपनर जस बट्लरले पनि २५ रन बनाए । ओपनिङ विकेटका लागि साल्ट र बट्लरले ६७ रनको साझेदारी गरे । चौथो नम्बरका ब्याट्सम्यान जोनी बेयरस्टोले पनि अविजित ४८ रन बनाए । उनले केवल २६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।

क्यारेबियन टोलीका बलर आन्द्रे रसेल र रोस्टन चेजले एक–एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चाल्र्सले सर्वाधिक ३८ रन बनाएका थिए ।

निकोलस पुरन र कप्तान रोभपन पोवेलले ३६–३६ रन बटुले । सेरफन रुथरफोर्ड २८ रनमा अविजित रहे । ओपनर ब्रान्डन किङले २३ रन बनाए । उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । इङ्गल्यान्डका बलर जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियाम लिभिङ्स्टोनले एक–एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्