Logo

केपी ओलीले राजनीति भर्खरै मबाट सिक्दैछन् : दुर्गा प्रसाईं (भिडिओसहित)



काठमाडौं, ६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबाट भर्खरै राजनीति सिकेको दाबी गरेका छन् । उनले एमाले–माओवादी सत्ता गठबन्धन एक महिनाभित्रै ढल्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्रीमा भने पुष्पकमल दाहाल नै कायम रहने उनको दाबी छ । उनले फेरि माओवादी र कांग्रेसबीच नै सहकार्य हुने खुलासा गरे ।

हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अब प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाबीच सहकार्य हुन्छ । र, हुनुपर्छ पनि । केपी ओलीको काम त खेलाउने मात्रै हो । केपी ओलीको काम जम्मा भत्काउनेमात्रै हो । केपी ओली गरिखाने नेता होईन । के को राजनृेता हो ? कुन किङमेकर हौ ? केपी ओलीले राजनीति त भर्खरै दुर्गा प्रसाईंबाट सिक्दैछन् ।’ उनले आफूले एक सट हान्दा महेश बस्नेत सकिएको पनि दाबी गरे । उनले भने,‘महेश बस्नेतले दुर्गा प्रसाईंसँग थाम्यो त ?’



प्रतिक्रिया दिनुहोस्