Logo

सत्ता गठबन्धनमा गम्भीर संकट, सिंहदरबारमा ओली र लामिछानेसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता



काठमाडौं, ६ असार । सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । खासगरी यस वर्षको बजेटलाई लिएर सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै विमति राखेका छन् । उनले बजेटको आलोचना गरेपछि एमाले सांसदहरुले त्यहीअनुसार आफूलाई संसद्मा प्रस्तुत गरेका छन् ।

बजेटमा जनयुद्ध शब्ददेखि माओवादी नेताहरुको क्षेत्रमा मात्रै बजेट खन्याईएको र कांग्रेस नेताहरुको इशारामा बजेट आएको एमाले नेतृत्वको बुझाई छ । प्रधानमन्त्रीसँग सांसदहरुको आजको प्रश्नोत्तर कार्यक्रममा सत्ता पक्षका शीर्ष नेताहरु नै अनुपस्थित् बने । यसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई बेवास्ता गरिएको भनेर गुनासो पोखे ।

उनले प्रधानमन्त्रीलाई अवमूल्यन नगर्न चेतावनीयुक्त भाषा प्रयोग गर्नुले पनि सत्ता गठबन्धनमा समस्या छ भन्ने कुरा प्रष्ट हुन्छ । खासगरी एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच सम्बन्ध चिसिनुमा आफूमाथि एमाले नेतृत्वको अनुचित दबाब रहेको प्रधानमन्त्री प्रचण्डको निश्कर्ष छ । राजदूत नियुक्तीमा ढिलाई नगर्न ओलीको दबाब थियो ।

तर, प्रधानमन्त्री दाहालले भने राजदूत फिर्ता बोलाउँदापनि विचार नगरिएको भनेर आत्मआलोचना गरेका छन् । ओलीले तत्काल राजदूत नियुक्ती गर्न दबाब बढाउनुको साथसाथै मन्त्रिमण्डल पूनर्गठनमा माओवादीको भागमा परेको महत्वपूर्ण मन्त्रालय जनमत पार्टीका अध्यक्ष सिके राउतको लागि माग्नुले पनि दुई नेताबीच सम्बन्ध चिसिएको चर्चा चल्न थालेको छ ।

बजेटलाई एमालेले अपनत्व नलिनु र नियुक्तीदेखि विभिन्न निर्णय प्रक्रियामा अनावश्यक दबाब दिईएकोले प्रधानमन्त्री दाहालले असहज महशुस गर्न थालेका छन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफल र भेटवार्ता बढाएका छन् ।

दाहालको मुभ थाहा पाएपछि ओलीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । आफ्नै निवास बालकोटमा भएको भेटवार्तामा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतपनि मिसिएको स्रोतको दाबी छ । भोलि संसद्बाट बजेट पारित हुने कार्यतालिका छ ।

तर, अघिल्लो दिनसम्म सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सम्बन्ध चिसो नै हुनले सरकारको स्थायित्वमािथ प्रश्न उठेको चचा चलेको छ । यसैबीच आज साँझ प्रधानमन्त्री दाहालसँग ओली र गृहमन्त्री लामिछानेले सिंहदरबारमा संयुक्त रुपमा भेटवार्ता गरेका छन् ।

सो भेटमा प्रधानमन्त्री दाहालले आफू अब सधैं योस्तरको पेलान सहन गर्नसक्ने अवस्थामा नभएको भन्दै सहकार्यको भविष्यबारे प्रष्ट हुन ओलीसमक्ष कुरा राखेको स्रोतको दाबी छ । भेटवार्तामा तीनै जना नेताबीच बजेटमा भएको कमजोरी सच्याएर जानेबारे सहमति भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्