Logo

विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित



काठमाडौं, असार ७ । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर( ८’ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित निकालेको छ । बार्बाडोस खेल मैदानमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १३० रनमै समेटियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे । नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए ।

भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १(१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडेका थिए ।

ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए । अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३(३ तथा नभिन उल हकले १ विकेट लिए । भारतले आफ्नो सुपर( ८ चरणको दोस्रो खेलमा भोलि शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले भोलि नै अष्ट्रेलियाको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्