Logo

रास्वपा स्थापना दिवसमा घण्टीघर पुगे ओलीसहितका एमाले नेता (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी मूख्यालय बसुन्धरामा आयोजित चियापान कार्यक्रम तथा शुभकामना आदनप्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी भएका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरु कार्यक्रममा पुगेका छन् । कार्यक्रममा सहभाग नेताहरुलाई रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहितले स्वागत गरेका छन् ।

पार्टी कार्यालयमा भव्य रुपमा मनाइएको चियापानमा पुग्ने सबैजसो नेताहरूले ‘घण्टी’ बजाएका छन्। चियापानमा पुग्ने नेताहरूका लागि रास्वपाले ठूलो ‘घण्टी’ झुण्ड्याएर राखेको छ। 

तस्बिर सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्