Logo

आन्दोलनरत दूध किसानको माग पूरा गराउने शेखर कोइरालाको प्रतिबद्धता



काठमाडौं, ८ असार । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटेका छन् । सो भेटमा उनले किसान आन्दोलनका बारेमा जानकारी गराएका थिए । किसानले दुधको भुक्तानी पाउनुपर्ने माग राखेर केन्द्रिय दुग्ध उत्पादन सहकारी संघले आन्दोलन गरिरहेको विषयमा पनि नेता कोइरालासँग उनको कुराकानी भएको जनाईएको छ ।

सो भेटमा डा कोइरालाले आफू किसानहरुको आन्दोलनको पक्षमा रहेको र उनीहरुले पाउनुपर्ने भुक्तानीका सवालमा सम्बन्धित निकायसँग आवस्यक पहल गर्ने प्रतिबद्धता गरेको कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कृषिमन्त्री रामकृष्ण यादवपनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्