Logo

स्वस्थ व्यक्तिले नै मुलुकको लागि योगदान दिनसक्छ : ऋषि धमला (भिडिओसहित)



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा योगलाई जिवनपद्धतिको रुपमा विकास गर्नुपर्ने बताएका छन् । दशौँ अन्तराष्ट्रिय योग दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा थापाले मानिसलाई स्वस्थ राख्नका लागि योगलाई महत्व दिनुपर्ने बताएका छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले शरिरलाई स्वस्थ राख्न शारिरिक व्यायाम गर्नुपर्ने र त्यसका लागि योगउपयोगी हुने बताए । निरन्तर रुपमा योग गर्न सके विभिन्न रोगबाट बँच्न सकिने थापाको भनाइ छ ।

कार्यक्रममा प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मानिसमा इमानदारिता, अनुशासन र कर्मप्रति लगाव भयो भनेमात्रै सफल हुने बताए । त्यसैगरी स्वस्थ रहनका लागि योग गर्नुपर्ने भन्दै धमलाले स्वस्थ व्यक्तिले नै मुलुकका लागि योगदान दिनसक्ने बताए । कार्यक्रममा सहभागी अन्य बक्ताहरुले पनि योग र स्वास्थ्यबारे चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्