Logo

चीनले नेपाललाई बीआरआई अनुदानको रुपमा देओस, ऋण लिन सकिँदैन् : रञ्जित कर्ण



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णले देशको राष्ट्रियतामाथि आँच नआउनेगरि विदेशी सहयोग लिनुपर्नेमा जोड दिएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो मुलुक अहिलेपनि आर्थिक रुपमा समृद्ध बनाउनुपर्छ । लामो समयपछि संविधान ल्याएका छौं । संविधान कार्यान्वयन भैरहेको छ । तर, देशमा समृद्धि हाँसिल गर्न सकिएन । देशलाई पुँजीको आवश्यकत्ता छ । विश्व बैंक र एडिबीले सहयोग गरेको देखिन्छ । कुनैपनि मुलुकले नेपाललाई आर्थिक सहयोग गर्न तयार छ भने हाम्रो देशको राष्ट्रियतामाथि आँच नआउनेगरि सहयोग लिनुपर्छ ।’

उनले चिनियाँ सहयोग परियोजना बीआरआईको सन्दर्भमा पनि देशको हित हुनेगरि अनुदानमा लिनुपर्ने सुझाव दिए । उनले भने,‘बीआरआईको बारेमा नेपाल र चीन दुई देशबीच पटक पटक वार्ता भएको छ । एडिबी र विश्व बैंकबाट ऋण लिँदा १.२ व्याजदर छ । चीनसँग प्रथम आग्रह के छ भने–एमसिसी हामीले अनुदानमा पाएका छौं । चीनले पनि अनुदान देओस । लोनको रुपमा दिन्छ भने ग्रान्ट लोन (एडिबी र विश्व बैंक) ले दिएजतिमा देओस । तर, चीनले भनेजस्तो उच्च दरको ब्याजको ऋण लिनुहुँदैन् । शर्तसहित अनुदान दिन तयार छ भने लिन तयार छौं ।’



प्रतिक्रिया दिनुहोस्