Logo

एकैदिन तोलामा २७०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, असार ९ । आइतबार सुनको मूल्य घटेको छ । साताको कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आइतबार १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियाे ।



प्रतिक्रिया दिनुहोस्