Logo

१९ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा



काठमाडौ, असार ११ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि २ वर्ष सम्मका लागि कालोसूचीमा राखेको हो।

साथै कार्यालयले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि जनाएको छ।



प्रतिक्रिया दिनुहोस्