Logo

गोकुल बाँस्कोटाको प्रश्न : किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? (भिडिओसहित)



काठमाडौं, १३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल बाँस्कोटाले किसानलाई रुवाएर सरकार हाँस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले आजपनि किसानले दूधको मूल्य नपाएको गुनासो पोख्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ?, या जनताको सरकार होईन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन् ? अहिलेपनि दूग्ध विकास संस्थानले १ अर्ब ५५ करोडभन्दा बढि पैसा भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ । नाफामा लिप्त छ । जवाफदेहिता छैन् ।’ उनले किसानले मूल्य नपाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्