Logo

सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन



बनियानी (झापा), २० असार । अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गरेको छ । सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गरे ।

त्यस अवसरमा उनले अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले शल्यक्रिया सेवा सञ्चालनका लागि सङ्घीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्त भएको बताए ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले १८ करोड लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्