Logo

संविधानको धारा ७६ (२) अनुसार केपी ओलीकै नेतृत्वमा सरकार गठन हुन्छः रमेश लेखक



काठमाडौं, २२ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने बताएका छन् । आज (शनिबार) पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।

‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ,’– उनले भने ।

संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिलाई समर्थन गरेको उनले बताए ।

नेता लेखकले पहिलो चरणमा ओली र दोस्रो चरणमा सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने गरी कांग्रेस–एमालेबीच भएको सहमति कार्यान्वयनको पक्षमा बैठकले दृढता व्यक्त गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्