Logo

बाढी, पहिरो र डुबानमा परी शनिबार आठ जनाको मृत्यु, छ बेपत्ता



काठमाडौं, असार २३ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा शनिबार आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

शनिबार देशभरका करिव ४५ ठाउँभन्दा बढी क्षेत्रका सडकमा पहिरो गएको छ । विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौंमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका छन् । तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका छन् ।भारी वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस्