Logo

राजनीतिमा फेरि उलटपुलट हुन्छ, विश्वासको मत पाउनेमा ढुक्क छुः मुख्यमन्त्री सोडारी (भिडिओसहित)



काठमाडौं, २३ असार । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलले राजनीतिका फेर उलटपुलट हुने दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा उलटपुलट हुने र आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्ना मन्त्री फिर्ता बोलाइसकेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन अझै २८/२९ दिनको समय रहेको र यो बीचमा उलटपुलट हुने बताएका हुन् । उनले कांग्रेस–एमाले नमिल्ने दाबी गरे ।

‘अब २८/२९ दिनको समय छ । म विश्वासको मत लिएर अगाडि बढ्छु । विश्वासको मत पाउँछु भन्नेमा ढुक्क छु । म हिजो नेकपा (एमाले) बनाने क्रिम भित्रको हो । एमालेहरुले त्यो कुरा बुझेका छन् । यो पटक म कांग्रेससहितको गठबन्धनबाट चुनाव जितेको अवस्था छ । एमाले–कांग्रेसजस्ता ठूला पार्टीहरु एकै ठाउँमा बस्छन् भन्ने कुरा, हात्तीहरु रमाइलो गर्दा पनि भत्किन्छ भन्ने सुन्दैछु । ठूला दुई दल मिलेर सबैलाई भत्काउने हो भन्ने कुरा त आइरहेको छ । तर, मलाई विश्वास छैन । राजीतिमा फेरि उलटपुलट नहोला भन्न सकिँदैन,’– उनले भने ।

कांग्रेससहितको समर्थनमा आफू माननिय भएको बताउँदै उनले कांग्रेसले विश्वासको मत दिने संकेत गरे । नेपालको भूराजनीतिमा छिमेकी देशहरुले पनि खेल्ने बताउँदै उनले विश्वासको मत पाउनेमा कुनै संका नरहेको बताए ।

‘देखिरहनुभएको छ, हाम्रो भूराजनीतिक अवस्था, चाइना, इन्डिया, अनेक शक्ति केन्द्रहरु, अनेकले खेल्ने भएको कारणले गर्दा यसै हुन्छ भन्न सकिने अवस्था छैन । यतिकुरा ढुक्क के छु भने मैले विश्वासको मत प्राप्त गर्छु,’– मुख्यमन्त्री सोडारीले भने ।



प्रतिक्रिया दिनुहोस्