Logo

नवीन समझदारीमा देश गएन भने भड्खालोमा पर्नेछौं : रवीन्द्र मिश्र



काठमाडौं, २३ असार । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजा र राजनीतिक दलबीच नवीन समझदारी हुनुपर्ने बताएका छन् । यदि नवीन समझदारीमा देश नगए भड्खालोमा पर्ने उनको दाबी छ । सामाजिक सञ्जालमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्-

जन्मदिनको शुभकामना!

ज्योतिषीहरू भन्छन्: २०८१-८२ सालभित्र नेपालमा राजसंस्था पुनर्स्थापित हुन्छ।

राजनीति त्यही दिशामा अघि बढिरहेको प्रतित हुन्छ।

देशमा राजा र राजनीतिक दलबीच #नवीनसमझदारी होस्, संविधान ‘सर्भिसिङ’ होइन, ‘ओभरहलिङ’ होस् र सबैले विगतका गल्तीबाट शिक्षा लिउन्।

यो देश #नवीनसमझदारी मा गएन भने, हामी यसैगरी घस्रिरहनेछौँ र एउटा विन्दुमा भड्खालोमा पर्नेछौँ।

यो व्यवस्थाको घनघोर बचाऊ गर्नेका सन्तान पनि, अपवाद बाहेक, कोही नेपाल बस्ने छैनन्। फर्क/बस भन्ने नैतिक अधिकार हामीमा हुने पनि छैन।

७८औं जन्मदिनमा सरकारको सुस्वास्थ्य/दीर्घायु तथा परिपक्व ज्ञान, चेतना र साहसको कामना गर्दछु।



प्रतिक्रिया दिनुहोस्