Logo

सभामुख घिमिरेले गराए प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने जानकारी



काठमाडौं, २३ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने जानकारी गराएका छन् । आज बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले भने,‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १ सयको उपधारा २ बमोजिम २०८१ साल असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ को उपनियमको ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’



प्रतिक्रिया दिनुहोस्