Logo

कांग्रेस र एमाले नेताहरुलाई वर्षमान पुनको प्रश्न : ठूला फाइलहरु खोल्न सुरु गर्दा किन आँत्तिनुभयो ?



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिने भनेर मिति पनि तय भएको अवस्थामा कांग्रेस र एमालेले राजीनामा दिन दबाब दिएकै कारण राजीनामा नदिने स्पष्ट पारे ।

प्रतिनिधिसभाको आजको बैठबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले दुई ठूला दल मिलेर संविधान संशोधन गर्न खोजेको हल्लाबारे प्रधानमन्त्री दाहालले सदनमा प्रश्न सोध्ने पनि जानकारी दिए ।

संविधानको स्टेकहोल्डर आफूहरुपनि रहेको उल्लेख गर्दै माओवादीलाई बाहिर राखेर किन संविधान संशोधन गर्न खोजिएको हो ? भन्दै पुनले प्रश्न गरे । अर्थमन्त्री पुनले कांग्रेस र एमाले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको हो भने आफूहरुलाई स्विकार्य नभएको चेतावनी दिए ।

उनले सरकारको सुशासनको पक्षमा चालिएको कदमबाट कांग्रेस र एमाले अत्तालिएको आरोप लगाए । पुनले भने,‘सुशासनको पक्षमा काम गर्न, ठूला फाइलहरु खाल्न सुरु गर्दा किन आत्तिनु भयो ? कांग्रेस–एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन ।’ file photo



प्रतिक्रिया दिनुहोस्