Logo

ओली–देउवालाई रास्वपा सांसद झाको अनुरोध : २०५९ सालमा जसरी सदन, सरकार र संविधान ज्ञानेन्द्रलाई बुझाएझैं नबुझाउनुहोला



काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेको सहकार्यलाई लिएर आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई संविधान, सदन र सरकार बुझाएझैं अहिलेको संविधान, सदन र सरकार नबुझाउन आग्रह गरेका छन् ।

उनले भने,‘२०६९ साल चैत्रमा खिलराज रेग्मीलाई त्यो अकर्मण्यताको प्रमाणसहित जुन तपाईंले बुझाएर जानुभयो, कृपया फेरि यो सहकार्यले त्यस्तो अनुरोध नगर्नुहोला । तपाईंहरु सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौं । कुनै बेचैन बनाउन बेचनको सहकार्यबिना हामी यो देशलाई पार लगाउन तयार भएर बसेका छौं ।’



प्रतिक्रिया दिनुहोस्