Logo

बीआरआईको ऋण लिईयो भने हाम्रो माथिल्लो भेग चीनले लिन्छ : सुन्दरमणि दीक्षित



काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत बनाएको हो भने नेपाल ऋणमा फसिसकेको टिप्पणी गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत बनेको भनेर चीनले भनिसकेको अवस्थामा अहिलेसम्म नेपालले खण्डन गर्न नसकेको उनको टिप्पणी छ ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘यसबारेमा नेपाल सरकारले तत्काल खण्डन गर्न जरुरी छ ।’ उनले चीनबाट आएको ऋणपनि नेताहरुले खाइसकेको आरोप लगाए ।

उनले बीआरआई नेपालमा आउनै नहुने जिकिर गरे । उनले भने,‘बीआरआईको ऋण लिईयो भने हाम्रो माथिल्लो भाग चीनले लिन्छ । माउन्ट एभरेष्टहरु सबै जान्छ ।’ उनले अहिलेको कांग्रेस र एमाले मिलेर बनेको नयाँ गठबन्धनले पनि केही काम गर्न नसक्ने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्