Logo

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं, असार २५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्