Logo

कृष्ण सिटौला ओली सरकारमा सहभागी नहुने, सुनाए यस्तो कारण (भिडिओसहित)



काठमाडौं, २५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । हिजो (सोमबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूले अहिले सरकारमा सहभागी हुने कुनै सोच नै नराखेको स्पष्ट पारेका हुन् ।

उनले भने,‘सरकारमा जानु अहिले मेरो आवश्यक छैन् । मैले सरकारमा जाने सोचेको पनि छैन् । विचार राखेको पनि छैन् । तर, सरकारलाई म सहयोग गर्छु । केपी ओलीजीको नेतृत्वमा बन्न अबको सरकारलाई मेरो बलबुतोले भ्याएसम्म सहयोग रहन्छ ।’ उनले अब बन्ने सरकारले जनताको हितमा पर्याप्त काम गर्नुपर्ने सुनाए ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकारमा सहभागी हुन आग्रह गरेपनि आफू नजाने स्पष्ट पारे । उनले आफू सरकारमा नभएर पार्टीभित्र रहेर योगदान गर्नेतर्फ केन्द्रित रहेको सुनाए । उनले ओली नेतृत्वमा बन्ने कांग्रेस–एमालेको सरकारमा पार्टीबाट योग्य साथीहरु मन्त्रिपरिषदमा पुग्ने पनि विश्वास दिलाए । सभापति देउवाले छलफल गरेर योग्य व्यक्तिहरुलाई क्याविनेटमा पठाउँदा आफ्नो कुनै विमति नरहने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्