Logo

ओली सरकारमा रमेश लेखक गृहमन्त्री बन्ने पक्का



काठमाडौं, २५ असार । नेपाली कांग्रेसभित्र अब बन्ने एमाले–कांग्रेस सरकारमा मन्त्री पठाउनेबारे छलफल थालिएको छ । सभापति शेरबहादुर देउवाले यसपटक गृहमन्त्री बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेश लेखकलाई पठाउने करिब निश्चित् भएको छ । नेता लेखक देउवाका विश्वापात्र हुन् ।

कांग्रेस–एमाले नयाँ गठबन्धनको सूत्रधारको रुपमा चिनिएका लेखक यसपटक गृहमन्त्री बन्ने पक्का भएको बुढानिलकण्ठ स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले पनि नेता लेखकलाई नै रुचाएका छन् । कांग्रेस र एमालेबीच १० र ९ मन्त्रालय लिने सहमति भएको छ । लेखक यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनिसकेका छन् ।

संविधान लेखक प्रक्रियामा सक्रिय भूमिका खेलेका लेखक पछिल्लो समय शान्त्रि प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नको लागि पनि उत्तिकै सक्रिय छन् । संसदीय राजनीतिमा परिपक्व नेता लेखक ठूला दलहरुबीच समन्वय गर्ने नेता मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्