Logo

प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा संवैधानिक अधिकार हो : शेखर कोइराला



काठमाडौं, २५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने कुरा संवैधानिक व्यवस्थाअनुसार नै भएको बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी संसद्का दुई ठूला दलहरु कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौं । आलोपालो सरकारको नेतृत्व गर्दैछौं । प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिन्छु भन्नुभएको छ । हामीले राजीनामा दिनुपर्छ भनेर अघि बढेर केही फाईदा छैन् । गर्ने उहाँले हो । उहाँले त विश्वासको मत लिन्छु भन्नुभएको छ ।’

सो क्रममा उनले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार बन्छ कि धारा ७६ को ३ अनुसार नयाँ सरकार बन्छ ? भनेर धेरै नै बहस भएको उल्लेख गर्दै त्यसमा कुनै द्धिविधा हुने काम नभएको भन्दै धारा ७६ को २ अनुसार नै नयाँ सरकार बन्ने दाबी गरे । उनले भने,‘यसमा कुनै कन्फ्युजन छैन् । अब बन्ने सरकार ७६ को २ अनुसार नै बन्छ भन्ने कुरा म तपाईंहरुको माझमा राख्न चाहन्छु ।’file photo



प्रतिक्रिया दिनुहोस्